× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सुनसरीमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    २ घण्टा पहिले

    साउन-११, सुनसरीको देवानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि कर्फ्यु आदेश जारी गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको हो । बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

    हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

    देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति साढे १० बजे दुई पक्षबीचको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा सोही गाउँपालिका ३ का ३० वर्षीय महेताको मृत्यु भएको हो । नौजना प्रहरीसहित १८ जना घाइते भएका छन् ।