× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    मेस्सी बने विश्वकपको उत्कृष्ट खेलाडी

    २ घण्टा पहिले

    साउन-७,अन्तर्राष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरिएको मतदानको परिणामअनुसार मेस्सी सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।

    एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीका अनुसार, मतदानमा मेस्सीले कुल १ हजार १७९ अङ्क प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन्। उनले फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पे र इङ्गल्यान्डका जुड बेलिङ्घमलाई पछि पारेका हुन्। मतदानमा एम्बाप्पेले ७१७ अङ्क प्राप्त गरी दोस्रो स्थान हासिल गर्दा ४७० अङ्कसहित बेलिङ्घम तेस्रो स्थानमा रहेका छन्।

    यस मतदान प्रक्रियामा एआईपीएस कार्डधारी खेल पत्रकारहरू र एआईपीएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका पत्रकारहरूले मतदाताको रूपमा भाग लिएका थिए। उनीहरूले विश्वकपका उत्कृष्ट तीन खेलाडीलाई प्राथमिकताका आधारमा छनोट गरेका थिए।

    मतदान प्रणालीअनुसार पहिलो स्थानमा छानिएका खेलाडीले ५ अङ्क, दोस्रो स्थानकाले ३ अङ्क र तेस्रो स्थानका खेलाडीले १ अङ्क प्राप्त गर्ने व्यवस्था गरिएको थियो। गत जुलाई १३ मा सार्वजनिक गरिएको २० खेलाडी समावेश अन्तिम सूचीबाट पत्रकारहरूको मतका आधारमा मेस्सीलाई विश्वकप २०२६ को एआईपीएस उत्कृष्ट खेलाडी घोषित गरिएको हो।