

१० घण्टा पहिले
चैत्र-२६,श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेर नै ठाकुरलाई समर्थन दिएसँगै सदनमा सात सिट रहेको श्रम संस्कृतिले उपसभामुख पाउने निश्चित प्रायः भएको हो ।
“प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन श्रम संकृति पार्टीका सांसद रुवीकुमारी ठाकुर (धनुषा)लाई रहने निर्णय भएको छ,” रास्पवपा प्रवक्ता मनिष झाले भने, “यसको समर्थकमा रास्वपा सांसद अशोक चौधरी रहनुहुनेछ ।”
रास्वपाका महामन्त्रीसमेत रहेका सांसद कविन्द्र बुर्लाकोटीले श्रम संस्कृतिलाई समर्थन दिने निर्णय उदीयमान नयाँ पार्टीबीचको सहकार्यका रूपमा अर्थ्याएका छन् ।NIBL