

९ घण्टा पहिले
चैत्र-२०,क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा सात जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको यूएईबाट प्रकाशित हुने द नेसनको अनलाइन संस्करणले जनाएको छ ।
घटनामा कुल १२ जना घाइते भएको जनाइएको छ । घाइते भएका बाँकी पाँच जना भारतीय नागरिक छन् ।
आकाशमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्दा भग्नावशेष खसेको र त्यही भग्नावशेष लागेर मानिसहरु घाइते भएका हुन् । पछिल्लो समय पश्चिम एशियामा युद्ध चर्किँदै जाँदा त्यहाँ रहेका नेपालीको सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।
यसअघि यूएईमै एक जना नेपालीले ज्यान गुमाइसकेका छन् ।