× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बढ्यो

    ४ घण्टा पहिले

    चैत्र-१७, नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

    आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखी हवाई इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ ।

    निगमका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १७८५ डलर, पोखरामा ८०१ डलर रहेकोमा १७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १७१६ डलर कायम गरिएको छ ।