× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनका ७ पालिकामा कार्यसम्पादन मूल्याङ्कनमा इच्छाकामना दोस्रो

    ३ घण्टा पहिले

    चितवन — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग द्वारा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा चितवनका सात पालिकामध्ये इच्छाकामना गाउँपालिका दोस्रो भएका छन्।

    नेपाल सरकारबाट प्रदान गरिने वित्तीय समानीकरण अनुदान अन्तर्गत आयोगले प्रदेश सरकार तथा स्थानीय तहको कार्यसम्पादन को १७ सूचकका आधारमा गरेको मूल्याङ्कनमा रत्ननगर नगरपालिका ७६.२२ अंक सहित प्रथम स्थानमा परेको भने ७४.३२ अंक सहित इच्छाकामना गाउँपालिका दोस्रो भएको छ‌।

    त्यस्तै ६८.०२ अंक सहित भरतपुर महानगर तेस्रो ,६७.१० अंक सहित माडी नगरपालिका चौथो,६५.०९ अंक सहित पखैरहनी नगरपालिका पाँचौ,६४.५० अंक सहित कालिका नगरपालिका छैठौ र ३६.२० अंक सहित राप्ती नगरपालिका सातौँ रहेको छ।

    यसअघि मिति २०८२ साल माघ २९ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा इच्छाकामना गाउँपालिका प्रथम भएको थियो।सो नतिजा माथि परेका पुनरावलोकन निवेदनहरूलाई सम्बोधन गर्दै आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको छ। सो अन्तिम नतिजा अनुसार रत्ननगर नगरपालिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा उक्लिएको हो भने इच्छाकामना दोस्रो स्थानमा झरेको हो।

    कार्यसम्पादनमा आधारित यस्तो मूल्याङ्कनले स्थानीय तहबीच प्रतिस्पर्धा बढाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।