× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अदालतद्वारा अस्वीकार

    ३ घण्टा पहिले

    चैत्र-१६,जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश ध्रुव कार्कीको इजलासमा सोमबार फाइल पेश हुँदा अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको हो ।

    काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका यो विषय उच्च अदालत पाटनमा विचाराधीन रहेकाले इजलासले अनुमति दिन अस्वीकार गरेको हो ।उच्च अदालतबाट नटुंगिएसम्मका लागि अनुमति दिन नमिल्ने आदेश भएको उनले बताए ।

    ‘यसअघि नै त्यस विषयमा मुद्दा नचलाउने निर्णय भएको रहेछ । त्यस निर्णयविरुद्ध उच्च अदालत पाटनमा परेको मुद्दामा सक्कल मिसिल सहितको फाइल झिकाउने आदेश भएको रहेछ,’ भट्टराईले भने, ‘उता मुद्दा अन्तिम नहुञ्जेलसम्मलाई यहाँबाट पक्राउ अनुमति दिन मिलेन भनेर आदेश भएको हो ।’