

३ घण्टा पहिले
चैत्र-१६,नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
ओलीकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
प्रहरीले ओलीलाई ज्यानसम्बन्धी कसुरअन्तर्गत शनिबार बिहान भक्तपुरस्थित गुन्डुबाट पक्राउ गरेको थियो ।
उक्त पक्राउ गैरकानूनी तथा गैरसंवैधानिक रहेको भन्दै थुनामुक्तको माग गर्दै राधिका शाक्यले आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
निवेदकको रिट जारी गर्नु पर्ने हो वा होइन भन्ने विषयमा विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतको नाममा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरिएको छ ।
ओलीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतबार ५ दिनको म्याद थप गरेको थियो ।