× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    ३ घण्टा पहिले

    चैत्र-१५,अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    काठमाडौँ जिल्ला अदालतले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली र नेपाली कांग्रेसका नेता लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।

    जेनजी आन्दोलनमा दमन गरेको भन्दै सरकारको निर्देशनमा प्रहरीले ओली र लेखकलाई शनिबार पक्राउ गरेको थियो।

    प्रहरीले दुवै जनालाई म्याद थपका लागि अदालत लगेको थियो।