× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    फेरि वढ्यो सुन तथा चाँदीको मूल्य

    ४ घण्टा पहिले

    चैत्र-१५, आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको हो।

    स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । अघिल्लो शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर २ लाख ८६ हजार रुपैयाँमा उक्लिएको हो ।

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ४ हजार ७२० रुपैयाँमा उक्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।