× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा पहिलो बन्यो तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका

    ४ घण्टा पहिले

    चैत्र-१, स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा आँबुखैरेनी गाउँपालिका तनहुँ जिल्ला भरिका स्थानीय तहहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। ।

    आ.व. २०८३/०८४ का लागि नेपाल सरकारबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत गरिएको कार्यसम्पादन मूल्यांकनको अन्तिम नतिजामा आँबुखैरेनी गाउँपालिकाले १७ वटा सूचकका आधारमा ६७.०७ अंक प्राप्त गर्दै तनहुँ जिल्लाका सबै स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको हो।

    आयोगले प्रदेश तथा स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा वित्तीय समानीकरण अनुदानका लागि अंक निर्धारण गर्ने गर्दछ। मूल्यांकन प्रक्रियामा बजेट समयमै प्रस्तुत गर्ने, बेरुजु फर्स्यौटको अवस्था, राजस्व संकलनको वृद्धि, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग तथा वित्तीय अनुशासनको अवस्था जस्ता विभिन्न सूचकलाई आधार बनाइन्छ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीचको सहकार्यका कारण जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको बताए। उनले आगामी दिनमा पनि सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    सम्बन्धित शीर्षकहरु