× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तुइनखोलामा फ्लड लाइट जडान:रातिको समयमा माथिबाट खस्न सक्ने ढुंगाको अवस्था देख्न सकिने अपेक्षा

    ३ घण्टा पहिले

    फागुन-३०, मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकको पहिरोको जोखिमयुक्त क्षेत्रमा दुई स्थानमा फ्लड लाइट जडान गरिएको छ।

    तुइन खोला पुल नजिकै माथिबाट कुनै पनि समयमा ढुंगा खस्न सक्ने समस्या देखिएको उक्त स्थानमा सवारी साधन चलाउँदा चालक र यात्रुका लागि जोखिम रहने सम्भावना थियो।

    विशेषगरी रातको समयमा अँध्यारोका कारण सडक र आसपासको अवस्था स्पष्ट देख्न कठिन हुने भएकाले दुर्घटनाको जोखिम बढेको थियो।अब यी फ्लड लाइट जडानको कारण रातिमा पनि सडक र माथिबाट खस्न सक्ने ढुंगाको अवस्था सजिलै देख्न सकिने अपेक्षा गरिएको छ।

    यसले सवारी चालकलाई सडकको अवस्था बुझ्न र सम्भावित जोखिमबाट सतर्क रहन सहयोग पुग्ने विश्वास गरिएको छ। सम्बन्धित निकायले यात्रु र चालकलाई सो क्षेत्र पार गर्दा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ।