

३ घण्टा पहिले
फागुन -१३, प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चितवन मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री, वितरणमा पूर्ण रोक लगाइने भएको छ । शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा फागुन १३ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले फागुन १८ गते राति ६:०० बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवन समेतमा रोक लगाउने निर्णय गरेको हो ।
साथै सूचनाको उल्लङ्घन गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सूचनामा भनिएको छ।
