

३ घण्टा पहिले
मुग्लिङ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिङमा अवस्थित मर्स्याङ्दी शिक्षा सदन सेकेण्डरी स्कुलको १९ औँ वाषिर्कोत्सव विद्यालय परिसरमा सम्पन्न भएको छ । वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा सांस्कृतिक कार्यक्रम र वार्षिक अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं ५ का वडाध्यक्ष तेजबहादुर शेरचनले कार्यक्रम उद्घाटन गरेका थिए ।

बिधालय ब्यबस्थापन समितिको अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विधालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष जयलाल श्रेष्ठ, सामुदायिक सेवा केन्द्र मुग्लिनका अध्यक्ष खुमप्रसाद पन्त विशिष्ठ आतिथि तथा अतिथिका रुपमा इच्छाकामना त्रिवेणी कला केन्द्रको अध्यक्ष काजीमान थापा, नेवा देय दवु इच्छाकामनाका अध्यक्ष मिनबहादुर श्रेष्ठ, कर्तव्यनिष्ठ महिला समाज कि अध्यक्ष जुनु राजभण्डारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, विधालयका संचालक एवं अभिभावकहरुको उल्लेख उपस्थित रहेका थिए ।

विधार्थीहरुले पिटि, मार्चपास, नृत्य तथा गायन प्रस्तुत गरेको कार्यक्रममा शैक्षिकसत्र २०८२ को बर्ष भरि अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विधार्थीहरुलाई पुरस्कार वितरण तथा २०८१ को एसईइको परीक्षामा समुतीर्ण गराउने विषय शिक्षकलाई सम्मान पत्र प्रदान गरिएको थियो।

एकेडेमिक इन्चार्ज सनम पन्तले उद्घोषण गरेको कार्यक्रममा व्यस्तताका कारण कार्यक्रम उपस्थित हुन नसक्नु भएका इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ तथा उपाध्यक्ष माया सिलवालको शुभकामना सन्देश बिधालयका प्रधानाध्यापक दिपक श्रेष्ठले वाचन गर्नुभएको थियो।