

४ घण्टा पहिले
माघ-२८, चितवनको सात पालिकामा २५ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ स्थलको रुपमा वर्गीकरण गरिएको छ । ‘अति संवेदनशील’स्थलमा चितवनको तीन वटा क्षेत्रका मतदानस्थल परेका छन् ।
निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा रहेका १६१ वटा मतदान स्थलमध्ये ९४ मतदानस्थललाई संवेदनशील स्थलको रुपमा वर्गीकरण गरिएको छ । ४३ वटा मतदानस्थललाई सामान्यस्थलको रुपमा वर्गीकरण गरिएको छ ।
कुन क्षेत्रको कुन/कुन मतदानस्थल अति संवेदनशील छन्, कुन संवेदनशील छन्, सुरक्षाको कारणले खुलाउन मिल्दैन’ निर्वाचन कार्यालय प्रमुख कार्कीले भने, ‘सामान्य मतदानस्थल पनि निर्वाचनको दिन संवेदनशील हुन पनि सक्छन्, सबै मतदानस्थल हामी सबैका लागि सुरक्षित बनाउनुपर्छ ।’
चितवन प्रहरीका अनुसार अति संवेदनशील स्थलमा बढी जनशक्ति आवश्यक पर्ने भएकाले ती मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा प्रबन्ध मिलाइनेछ ।
चितवन प्रहरीका अनुसार अति संवेदनशील स्थलमा बढी जनशक्ति आवश्यक पर्ने भएकाले ती मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा प्रबन्ध मिलाइनेछ ।
चितवनमा एउटा मतदानस्थलमा बढीमा ९ वटासम्म मतदान केन्द्र रहेका छन् । ‘कुनैमा एउटा मतदानस्थलमा एउटामात्र मतदान केन्द्र पनि छन्, जहाँ मतदाता कम छ, त्यहाँ एउटामात्र मतदान केन्द्र राखिएको छ, बढी मतदाता भएको ठाउँमा एउटै मतदानस्थलमा एकभन्दा बढी मतदान केन्द्र छन्’ प्रमुख कार्कीले भने ।
सबैभन्दा बढी मतदान केन्द्र भएको भरतपुर–२ को बालकुमारी मावि हो, यहाँ ९ वटासम्म मतदान केन्द्र रहेका छन् । यहाँबाट मत खसाल्ने सबैभन्दा बढी आठ हजार ६५७ मतदाता छन् ।
सबैभन्दा कम मतदाता भएको मतदान केन्द्र इच्छाकामना हो । यहाँ जम्मा मतदाता ३६५ मात्र छ ।