× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

    ३ वर्ष पहिले

    श्रावण-२३, लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक आज बिहान करिब ५ः२० बजेको समयमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

    मुग्लिन नारायणगढ सडक खण्डको कालिखाेला लगायत अन्य स्थानहरूमा पहिराे जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयले चितवन ले जनाएको छ।

    बिहानैदेखि डिभिजनको मेशिनबाट पहिरो पन्छाउने कार्य भैरहेको र थप पहिरो नआए पहिरो पन्छाउन करिब ३ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।