× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    बजेटले आधारभूत शिक्षादेखि स्वास्थ्यसम्म महँगो बनायो, बिधुत महशुल पनि १३ प्रतिशतले वृद्धि

    ३ घण्टा पहिले

    जेठ-१६,सरकारले आधारभूत शिक्षादेखि स्वास्थ्यसम्म महँगो बनाएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी वर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रका विद्यालयमा पढ्ने विद्यार्थीदेखि निजी क्षेत्रका अस्पतालहरुमा गरिने उपचारसम्मलाई महँगो बनाएका हुन्।

    आय करको सीमा बढाएर सुविधा दिने घोषणा गरेका अर्थमन्त्री वाग्लेले स्वास्थ्य र शिक्षामा कर लगाएका छन्। निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशतका दरले शिक्षा समता शुल्क लगाएको छ।

    बजेटबाट उपचार पनि महँगो भएको छ। निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा सञ्चालन गर्ने व्यक्तिले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा तीन प्रतिशतका दरले स्वास्थ्य समता शुल्क लगाएको छ।

    सरकारले विजुलीको बिल पनि बढाइ दिएको छ। अवदेखि ५० युनिटभन्दा बढी विजुली प्रयोग गर्नेले १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नु पर्छ।