

२ घण्टा पहिले
बैशाख-१३,त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।
त्रिविले अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा ३५ दिनको अल्टिमेटमसहित सूचना निकालेको थियो । त्रिविका एक अधिकारीले त्रिविको जग्गा प्रयोग गरेकाहरूलाई ३५ दिने अल्टिमेटम दिएर पत्राचार गरिएको जानकारी दिए ।
उनले भने, “हाम्रो अतिक्रमित जग्गा फिर्ता ल्याउने निर्णयअन्तर्गत पत्र काटेका छौँ । १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको छ । क्यानसँगको सम्झौता यही मसान्तबाट सकिँदै छ ।
“महेन्द्रकुमार थापाको संयोजकत्वमा गठित खोजबिन समितिले कीर्तिपुर परिसरभित्र र बाहिरका विभिन्न स्थानमा त्रिविको जग्गा अतिक्रमण भएको र प्राप्त हुनुपर्ने भाडासमेत नउठेको फेला पारेका थियो ।