× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    च्यासलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप

    २ घण्टा पहिले

    चैत्र-१४, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई लिएर च्यासलमा एमाले कार्यकर्ता टायर बालेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।

    प्रदर्शनका क्रममा च्यासलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीलाई पन्छाउने क्रममा बल प्रयोग गरेको हो ।

    दजर्नौँ संख्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले केपी ओलीलाई निशर्त रिहा गर्नुपर्ने माग गरे ।

    जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले प्रदर्शनकारीलाई सम्झाइ बुझाइ प्रदर्शनलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको बताए ।