× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको मूल्यमा गिरावट

    २ घण्टा पहिले

    चैत्र-४, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको हो।

    मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ कायम गरिएको छ।

    यसैगरी, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य भने ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा नेपालमा पनि सुनचाँदीको भाउ घटबढ हुने गरेको छ ।