× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज पहाडी भुभागमा मध्यम वर्षा तथा हिमाली भूभागका हिमपातको संभावना

    २ घण्टा पहिले

    फागुन-३०, हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भागको केही स्थानहरू तथा बागमती प्रदेशको तराई भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भाग लगायत बाँकी प्रदेशको हिमाली भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    आज राति देशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार देशको हिमाली भागका थोरै स्थानहरूमा तथा पहाडी भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।