

३ वर्ष पहिले
बैशाख-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १७ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५५ हजार २ सय ५२ जना पुगेको छ ।
२४ घण्टामा २ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या १७ जना रहेको छ । हालसम्ममा ६० लाख ३६ हजार ८ सय ७२ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा कुनै पनि ब्यक्तिमा एन्टिजन विधिबाट परीक्षण नहुँदा संक्रमितको संख्या पनि शुन्य नै रहेको छ। हालसम्ममा १५ लाख ७७ हजार ९ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ५७ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ८ सय ८८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ३१ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ सय ६२ जना रहेको छ।