× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज २७ औं विश्व आदिवासी दिवस मनाइँदै

    ५ वर्ष पहिले

    साउन-२५, आज २७ औं विश्व आदिवासी दिवस ‘कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका विश्वभर विश्व आदिवासी दिवस मनाइँदै छ।

    संयुक्त राष्ट्र संघको महासभाले सन् १९९४ को डिसेम्बर २३ मा रिजोलुसन ४९-२१४ ल्याएको थियो। त्यसले ९ अगस्टलाई विश्वका आदिवासीको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। त्यसअघि सन् १९८२ मा आदिवासी जनजातिको हकहितमा काम गर्ने संयुक्त राष्ट्रसंघको समूह (आइडब्लुजिआइए) को पहिलो बैठक बसिसकेको थियो। सन् १९९० मा आइपुगेपछि संयुक्त राष्ट्र संघको महासभाले सन् १९९३ लाई विश्व आदिवासीको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको थियो। त्यसयता प्रत्येक वर्ष युनेस्कोले दिवसका लागि थिम अनुसारको योजना र गतिविधिका सूचना प्रवाह गर्दै आएको छ।

    नेपालमा पनि संयुक्त राष्ट्रसङ्घको कार्यक्रम अनुसार नै सन् १९९४ देखि हरेक अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाउँदै आएको छ।

    विगतको वर्षहरूमा विश्व आदिवासी दिवस राजधानी, प्रमुख शहर र ग्रामीण भेगका बजारमा समेत ठूलो तामझम सहित मनाइन्थ्यो । तर कोभिड महामारीले परिस्थिति भिन्न बनेसँगै गत वर्ष जस्तै यो वर्ष पनि भव्य कार्यक्रम भएनन्। तैपनि, सूचना प्रविधिले यो दिवस शून्य हुन दिएको छैन । सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान् मा सिमित रहेर यो बर्षको विश्व आदिवासी दिवस मनाइँदै छ।