× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३८४० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १९९३

    ३ वर्ष पहिले

    साउन-१३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ४६ हजार ६ सय ५७ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ८ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३५ लाख ७४ हजार ८ सय ६४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार २ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ४ हजार ५ सय ४६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २६ हजार ६ सय ५२ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ रहेको छ।

    २४ घण्टामा १ हजार ९ सय ९३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.९३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ९१ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ४९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ११ जना र भेन्टिलेटरमा १ सय ६८ जनाको उपचार भईरहेको छ ।