× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९६ प्रतिशत

    ४ वर्ष पहिले

    पौष ५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ८८ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ ।

    २४ घण्टामा ४ हजार ६ सय २० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ७० हजार ८ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ३ सय २० रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ९४ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ८३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ९७ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय २१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ६५ जना र भेन्टिलेटरमा ५१ जनाको उपचार भईरहेको छ ।