× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारतीय सेनामा कार्यरत दाङका प्रेम केसीको कश्मीर भिडन्तमा मृत्यु

    ४ वर्ष पहिले

    भारतीय सेनामा रहेका एकजना नेपाली युवाको शुक्रबार जम्मू कश्मीरमा भएको भिडन्तमा मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरुले भारतीय रक्षा मन्त्रालयको हवला दिँदै भारतीय सेनाका नायक नेपाली युवा प्रेमबहादुर खत्रीको मृत्यु भएको जनाएका छन्।

    शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको दाजु तुलसी केसीले बताए ।

    दाजु तुलसीका अनुसार भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान ९ बजेतिर फोन गरि प्रेमलाई गोली लागेको भन्ने खवर दिएको थियो ।

    प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको बताइएको छ । सोही घटनामा अर्का भारतीय सैनिकको पनि मृत्यु भएको छ ।

    भारत र पाकिस्तानबीच लगातार गोलीबारी भइरहने जम्मू कश्मीरमा नेपाली युवाहरुले ज्यान गुमाउँदै आएका छन्।