× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    वाग्मती प्रदेशका मन्त्री दावादोर्जे लामालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

    ४ वर्ष पहिले

    वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।कोरोना संक्रमणका करण बिरामी पर्नुभएका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा संक्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिएथियो । सोमवारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महशुस भएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको सचिवालयले जनाएको छ । रासस