× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा ११७४ जना कोरोना भाइरस संक्रमित थपिए,थप ७ जनाको मृत्यु

    ४ वर्ष पहिले

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ७४ जना संक्रमित थपिएका हुन् ।२४ घण्टामा ९ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ४४ हजार ३ सय ९४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

    हालसम्म संक्रमित हुनेको संख्या ६७ हजार ८ सय ६ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।जसमा संस्थागत आइसोलेशनमा ८ हजार २ सय २८ र होम आइसोलेशनमा ९ हजार १ सय ८६ जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।

    त्यसैगरी क्वारेन्टिनमा ७१०४ रहेको छ। साथै आईसीयूमा २२० जना र भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको छ।