× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवान घाइते ।

    ४ वर्ष पहिले

    चितवन, भाद्र २४
    मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं.५ सि्थत ३ नम्बर पुलमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन् । नारायणगढबाट मुगि्लन तर्फ आउदै गरेको ना.६ ख ९० नम्बरको ट्याङकरले नारायणगढ तर्फ गइरहेको ग १० प ६८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पदम राज हमाल ठकुरी घाइते भएका हुन् । घाइते हमालको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको इलाका ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनुभयो । मोटरसाइकललाई ठक्कर दिएर भागेको अवस्थामा ट्यांकरलाई प्रहरी चौकी फिसि्लङ्गले नियन्त्रणमा लिएको हो ।