

३ घण्टा पहिले
जेठ-१८, चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट भएको छ ।
इच्छाकामना गाउँपालिकाले जारी गरेको विज्ञप्ति अनुसार आज विहान ११:०० बजेको समयमा कार्यकक्षमा निर्माण व्यवसायी किंगफिसर कन्स्ट्रक्सन, कालिका न.पा. वडा नं. २ पदमपुर चितवनका प्रोपाइटर लाल बहादुर तामाङ सहितको ६ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत माथि ज्यान मार्ने उद्देश्यले साङ्घातिक हमला गरी परिवार समेतलाई नछोड्ने धम्की दिइ भागेको जनाइएको छ।
विज्ञप्तिमा आफ्नो पदीय कर्तव्य पालना गर्दै कार्यकक्षमा काम गरिरहेको अवस्थामा भएको आपराधिक घटनाको गाउँपालिकाका सम्पूर्ण कर्मचारी परिवार घोर भत्सना गर्दै दोषी उपर कानून बमोजिम हदैसम्मको कारवाही गर्न पनि सम्वन्धित निकाय समक्ष जोडदार माग गरेको छ।
