× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

    ४ घण्टा पहिले

    फागुन-३, नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाएको छ । सोमबार (फागुन ४) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।

    निगमका अनुसार, पेट्रोल लिटरमा एक रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

    मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको छ ।