× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन क्षेत्र- ३ मा एमालेले गठबन्धनका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने

    ४ वर्ष पहिले

    असोज -२६, चितवनकाे क्षेत्र नं- ३ मा नेकपा एमालेले सत्तारूढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गर्ने भएकाे छ।

    एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएकाे हाे।

    एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनमा न्यौपानेको उम्मेदवारी फिर्ता लिन चिठी पठाइसकेकाे छ। यद्यपि आयाेगले निर्णय गर्न भने बाँकी नै रहेकाे छ।

    बागी उम्मेदवार काेइराला एमाले अध्यक्ष केपीशर्मा ओलीलाई भेट्न हिजाे(मंगलबार) बेलुका बालकाेट पुगेका थिए।

    कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

    पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।

    क्षेत्र नं-३ मा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएकाे छ।