× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन

    ४ वर्ष पहिले

    भदौ -२४, बेलायतकी महारानी एलिजावेथको निधन भएको छ । महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्याण्डको बालमोरल प्यालेसमा निधन भएको हो ।

    बकिङ्घम प्यालेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, रानी एलिजावेथको आज दिउँसो बालमोरलमा निधन भएको छ । एलिजावेथपछि प्रिन्स चार्ल्सलाई राजा बनाएको खबर पनि बाहिरिएको छ ।

    गत वर्षको अक्टोबरदेखि महारानी एलिजावेथ कतै जान सकेकी थिएनन् । महारानी एलिजावेथ गत वर्ष अक्टोबरदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। सन् १९५२ मा बेलायतकी महारानी बनेकी थिइन् । महारानी एलिजावेथ द्वितीयले ७० वर्ष भन्दा बढी शासन गरेकी छिन्।

    रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमहरुको भनाइ छ। त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ। करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ।