× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनामा सिमान्तकृत चेपाङ जातिबाट उठेका २ वडा अध्यक्षको उम्मेदवार भन्छ- ‘हाम्रो जित सुनिश्चित छ’

    ४ वर्ष पहिले

    बैशाख-२०, चितवनको इच्छाकामना गाउँपालिकामा वडा २ र ६ बाट सिमान्तकृत चेपाङ जातिबाट वडा अध्यक्षको पदमा उम्मेदवार दिनुभएका पञ्चलाल चेपाङ र लक्ष्मण चेपाङले आफ्नो जित सुनिश्चित भएको बताएको छ।

    नेकपा एमालेको तर्फबाट इच्छाकामना २ का वडाअध्यक्षका उम्मेदवार पञ्चलाल चेपाङ र वडा नं ६ का लक्ष्मण चेपाङले जनताको लागि गरेको अनबरत सेवाले नै जित सुनिश्चित भएको बताएका हुन्। अघिल्लो स्थानीय निर्वाचनमा पनि दुवै वडा एमालेले जितेको थियो।

    निवर्तमान वडा नं २ का वडाध्यक्ष पञ्चलाल चेपाङले अघिल्लो कार्यकालमा गरेको वाचा अनुसार नागरिकता नपाएर अनागरिक भएका उमेर पुगेका वडाका हरेक चेपाङलाई कानुन सम्मत नागरिकता दिएको र भोगचलन गर्दै आएको जग्गाको लालपूर्जाको लागि संघर्ष गर्दै लालपुर्जा प्राप्तिको अन्तिम प्रकियामा रहेकोले सो कार्य पुरा गर्न आफ्नो उम्मेदवारी भएको बताए।

    यस्तै, गाउँपालिका मै खाइ पाइ आएको करारको जागिर छोडेर इच्छाकामना ६ बाट वडा अध्यक्ष पदमा उठेका लक्ष्मण चेपाङले विभिन्न सामाजिक संघसंस्थामा बसेर निरन्तर जनताको सेवा गरेको कारण जनताले नै आफ्नो उम्मेदवारी तय गरेको हुँदा इच्छाकामनाको विकट गाउँका सिमान्तकृत चेपाङ,भुजेल तथा जनजाती को रुपमा रहेको गुरुङ समुदायको सेवाको लागि आफ्नो उम्मेदवारी भएको बताए।

    इच्छाकामनामा पनि एमाले विरुद्ध ५ दलिय गठबन्धन भएतापनि गठबन्धन दल भित्रै ठुलो द्वन्द्व भएकोले सो गठबन्धनले नतिजामा कुनै फरक नपर्ने बरु त्यसले एमालेलाई नै फाइदा भएकोले जित सुनिश्चित भएको दुवै वडाका वडाध्यक्ष उम्मेदवारद्वयले बताए।

    इच्छाकामना वडा नं २ मा कुल मतदाता संख्या १७६० रहेका छन् जसमा १२६० जना सिमान्तकृत चेपाङ मतदाता रहेका छन्।

    यस्तै, वडा नं ६ को कुल मतदाता संख्या २१३८ रहेका छन् । जसमध्ये करिब ७०० जना चेपाङ ,४०० जना भुजेल र करिब ८०० जना गुरुङ र बाँकी अन्य रहेको लक्ष्मण चेपाङले बताए।