

५ महिना पहिले
कुरिनटार-इच्छाकामना साहित्य प्रवाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा आज एक कार्यक्रम आयोजना गरी मनाएको छ ।कार्यक्रममा इच्छा दर्पण-३ पुस्तक विमोचान, श्रष्टा सम्मान, कवितावाचन लगायत विविध गतिविधि आयोजना गरिएको थियो ।

साहित्य प्रवाहका अध्यक्ष कृष्णप्रसाद पोख्रेलको अध्यक्षता, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ प्रमुख अतिथि तथा विशिष्ट अतिथि वडा नम्बर ४ को वडाध्यक्ष रुद्र उप्रेती, समालोचक डा.धनेश्वर भट्टराई ,डा.एकनारायण पौडेल, साहित्य प्रवाहका पुर्व अध्यक्ष एकराज शर्माको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पुस्तकको विमोचन गरेका हुन् ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले साहित्यकारहरुले विध्वंसलाई प्रोत्साहन नदिई सकारात्मक सन्देश फैलाउनु पर्ने बताउनुभयो।
कार्यक्रममा वरिष्ठ समालोचक डा. धनेश्वर भट्टराईलाई नगद पुरस्कार सहित ‘देवकोटा स्मृति पुरस्कार-२०८२’ले सम्मान गरिएको थियो।
‘देवकोटा स्मृति पुरस्कार-२०८२’ ले सम्मानित हुनु भएका वरिष्ठ समालोचक डा. धनेश्वर भट्टराईका वारेमा समालोचक तेजविलास अधिकारीले परिचयात्मक प्रकाश पार्नु भएको कार्यक्रममा साहित्य प्रवाहका उपाध्यक्ष रामनाथ त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

इच्छाकामना मन्दिर कुरिनटारको सभाहलमा सम्पन्न कार्यक्रममा स्थानिय कविहरुले कविता वाचन गरेका थिए भने संस्थाका सचिव शंकर सिलवालले उद्घोषण गर्नुभएको थियो।