× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाल यो वर्ष पनि ‘भ्रष्टाचार व्याप्त’ मुलुककै सूचीमा

    ४ वर्ष पहिले

    माघ-११, ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई यो वर्षपनि ‘भ्रष्टाचार व्याप्त’ मुलुककै सूचीमा राखेको छ।

    भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सीले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकांकमा नेपाल अंक ३३ प्राप्त गरी ११७औँ स्थानमा सूचीकृत भएको छ । गतवर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) नै रहेको थियो ।

    अर्थात् नेपाल अघिल्लो वर्ष र यो वर्ष स्थिर रहेको देखाउँछ । ट्रान्सपरेन्सीले ४० अंकभन्दा तलका मुलुकलाई ‘भ्रष्टाचार व्याप्त’ सूचीमा राख्छ । अर्थात् स्वच्छ मुलुकले ‘१००’ अंक र भ्रष्ट मुलुक ‘०’ अंक पाउने गर्छन् । यो तथ्यांकले नेपाल भ्रष्टाचार व्याप्त मुलुकसँगै अँगालो मार्न उत्प्रेरित देखाउँछ ।

    विगत १ वर्ष (सन् २०२०/२१) मा विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारित हुँदै सूचकांक मापन हुन्छ ।

    सूचकांक अनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले सयमा ८८ अंक पाएका छन् । त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ । ११ अंकसहित उक्त देश १८०औँ स्थानमा छ ।

    सार्क मुलुकमा भुटानमा सबैभन्दा कम भ्रष्टाचार

    सिपिआई २०२१ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । भुटानले ६८ अंक प्राप्त गरी २५औँ स्थानमा छ । त्यस्तै, माल्दिभ्स ४० अंकसहित ८५औँ, भारत ४० अंकसहित ८५औँ, श्रीलंक ३७ अंकसहित १०२औँ स्थानमा छ । पाकिस्तान २८ अंकसहित १४०औँ र बंगलादेश २६ अंकसहित १४७औँ स्थानमा छ । सार्कमा सबैभन्दा बढी भ्रष्टाचार भुटानमा रहेको ट्रान्सपरेन्सीले औँल्याएको छ । अफगानिस्तान १६ अंक प्राप्त गरी १७४औँ स्थानमा छ ।

    ट्रान्सपरेन्सी इन्टरनेसनलले निकालेको सुची

    सम्बन्धित शीर्षकहरु