× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ग्लोबल हंगर इन्डेक्समा नेपालको स्थान क्रमश सुधार हुदै

    ४ वर्ष पहिले

    असोज-२९, नेपाल ग्लोबल हंगर इन्डेक्स २०२१ मा ७६ औं स्थानमा रहेको छ। ११६ मुलुकमा गरिएको अध्ययनअनुसार सन् २०२१ मा नेपाल ७६ औं स्थानमा छन्।

    सन् २००० मा ३७.७ स्कोर,सन् २००६ मा ३०.९ स्कोर ,सन्२०१२ मा २३.१ स्कोर र अहिले १९.१ स्कोरले नेपालमा ग्लोबल हंगर इन्डेक्स क्रमश सुधार हुदै गएको देखिन्छ ।

    ग्लोबल हंगर इन्डेक्सले विभिन्न मुलुकमा मानिसलाई खानाको परिकार र के कति खाना मिल्छ भन्ने विषयमा अध्ययन गर्ने गर्दछ। यही सूचकांकअनुसार विश्वका विभिन्न मुलुकमा सञ्चालन गरिरहेका भोकमरी हटाउने अभियान सफल अथवा असफल भएको निष्कर्ष निकाल्ने गरिन्छ।

    छिमेकी भारत १०१ औं स्थानमा, पाकिस्तान ९२ औं स्थानमा र बङ्गलादेश नेपालसंगै समान ७६ औं स्थानमा छन्।