

२ घण्टा पहिले
चैत्र-१९, मुग्लिङ–नागढुङ्गा सडक खण्डको इच्छाकामना-४ घोप्टेभिरमा मर्मत/स्तरोन्नति प्रयोजनार्थ सो सडक थप ३ रात बन्द हुने भएको छ ।
यस अघि चैत्र १७ गते देखि चैत्र १९ गते ३ दिन दैनिक ६ घण्टा सडक बन्द गरि स्तरोन्नति गरेको भएतापनि सो समयमा कार्य सम्पन्न नभएकोले चैत्र २०, २१ र २२ गते थप ३ रात राति १० बजेबाट बिहान ४ बजेसम्मका लागि आवागमन बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन बन्द रहने जनाइएको छ ।
