× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तीन पूर्वप्रधानमन्त्री माथि पनि सम्पत्ति छानविन प्रक्रिया अगाडी बढ्यो

    २ घण्टा पहिले

    चैत्र-१५, बालेन सरकारले केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाको सम्पत्ति छानविनको प्रक्रिया अगाडी बढाएको छ । तीन जना नै पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानविन प्रक्रिया अगाडी बढाइएको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रक्रियालाई अगाडि बढाएको हो ।

    तीन पूर्व प्रधानमन्त्रीसहित पूर्वमन्त्रीद्वय आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेको चल-अचल सम्पत्ति र आम्दानीको स्रोतमाथि पनि प्रश्न उठाइएको छ ।

    गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा शेर बहादुर देउवा र दीपक खड्काको घरबाट ठुलो परिमाणमा जेलका नोटहरु फेला परेका थिए । सत्ताको आडमा अस्वभाविक र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा र देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो ।

    प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ ।

    सम्पति छानविनका क्रममा दोषी ठहर भए उनीहरु जेल जानेछन् ।