

२ घण्टा पहिले
चैत्र-९, अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा तीव्र गिरावट देखिएसँगै नेपालमा समेत त्यसको प्रभाव पर्ने थालेको छ ।
पछिल्लो केहि दिन यता नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिरहेको हो ।आज सुन तोलामा छ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको हो ।