

२ घण्टा पहिले
मुग्लिन-गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
गोर्खा बेसिशहर चल्ने बा.प्र ००६ख ८४३० नम्बरको गाडीमा चालक बाहेक १४ जना भारतीय नागरिक सवार थिए ।
तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरी, नेपाली सेनाको टोली खटिएको थियो ।
राति करिब ८:१५ बजे दुर्घटना भएको गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ ।ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।