

२ घण्टा पहिले
फागुन-१६, भारतबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको भाउ बढेर आएपनि नेपाल आयल निगमले भने मुल्य यथावत राखेको छ।
निगमले जनाएको अनुसार पेट्रोलको मूल्यमा २ रुपैयाँ ९ पैसा , डिजेलमा २ रुपैयाँ ४७ पैसा , हवाई इन्धनमा ५ रुपैयाँ ९८ पैसा र एलपी ग्यासमा १८ रुपैयाँ ५८ पैंसाले मुल्यवृद्धि भएर आएको हो।
