

२ घण्टा पहिले
फागुन-४, आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज सुनको मूल्य १० ग्रामको २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १२५ रुपैयाँले गिरावट आएको हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।