× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मर्स्याङ्दी बहुउद्देश्यीय सहकारीको २५औँ साधारण सभा सम्पन्न

    ३ घण्टा पहिले

    असोज-२६,चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिन स्थित मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    इच्छाकामना गाउँपालिकाको अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्य, गाउँपालिकाको उपाध्यक्ष माया सिलवाल तथा जल तथा ऊर्जा आयोगको सह-सचिव कलानिधि पौडेलको विशिष्ट आतिथ्य तथा संस्थाका अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सहकारीको २५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको हो।

    कार्यक्रमका प्रमुख अतिथि दानबहादुर गुरुङले पालिका र सहकारी संस्थाहरूको संयुक्त प्रयासमा युवाहरुलाई उद्यमी बनाउन प्रोत्साहित गर्नुपर्ने र सो को लागि इच्छाकामना गाउँपालिकाले जस्तोसुकै सहयोग एवं समन्वय गर्ने बताउनुभयो।

    त्यसैगरी मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले उज्यालो इच्छाकामनामा गरेको योगदानको चर्चा गर्दै संस्थाको थप सफलताको शुभकामना व्यक्त गर्नुभयो।

    कार्यक्रममा संस्थाको अध्यक्ष किशोर गुरुङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव ज्ञानु पाण्डेले आगामी बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसैगरी संस्थाका कोषाध्यक्ष राधा कँडेलले आर्थिक बर्ष ८२/८३ को बजेट प्रस्तुत तथा लेखा सुपरिवेक्षण समितिको संयोजक निरञ्जना कंडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको सेयर पुँजी ३ करोड ८९ लाख ९६ हजार एक सय रहेको छ । संस्थामा एक हजार ९ सय ३३ जना सदस्य आवद्ध भएका छन् । यस अवधिमा संस्थाको जगेडा कोषमा ६ करोड ९ लाख ८९ हजार ३ सय ५५ रुपैयाँ रहेको व्यवस्थापक कुमार श्रेष्ठले बताउनुभयो ।

    त्यसैगरी संस्थाले २९ करोड १ लाख ७३ हजार २ सय ५४ रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । संस्थाको कुल सम्पत्ति ३८ करोड ३ लाख २६ हजार ९ सय ८० रुपैयाँ रहेको र यस वर्षको खुदनाफा ७२ लाख ७१ हजार ४६६ रुपैयाँ रहेको श्रेष्ठले बताउनुभयो।

    संस्थाका सचिव ज्ञानु पाण्डेलको सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष खुमप्रसाद पन्तले स्वागत मन्तव्य दिनु भएको थियो । विभिन्न वडाका वडाध्यक्ष एवं प्रमुख राजनीतिक दलहरूको प्रतिनिधि उपस्थित भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।