× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    देशभरका ५ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध

    ३ घण्टा पहिले

    असोज-८, देशभरका ५ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।देशकै सबैभन्दा ब्यस्त राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा गएको पहिरोले मंगलबारदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध छ। यहाँ पहिरो हटाउनेक काम भइरहेको छ।

    त्यस्तै कोसी प्रदेशको संखुवासभाको भोटखोला गाउँपालिका ४ स्थित कोसी राजमार्ग गत जेठ ६ गतेदेखि अवरुद्ध छ।

    त्यस्तै मकालु गाउँपालिका ३ मा पर्ने कोसी राजमार्ग अविरल वर्षापछि आएको बाढीका कारण भदौ १५ गतेदेखि पूर्ण रुपमा अवरुद्ध छ।

    त्यस्तै बागमती प्रदेशको रसुवामा असार २४ गतेको बाढीका कारण गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल-चीन नाका जोड्ने पुल बगाएको छ। यो राजमार्ग अझै अवरुद्ध छ।

    त्यस्तै सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिका कोदारीमा पर्ने अरनिको राजमार्ग भदौ ९ गतेदेखि पूर्णरुपमा अवरुद्ध छ।