× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आँबुखैरेनी, मार्कीचोकमा दुर्घटना गराई ज्यान मुद्धाका फरार चालक १९ वर्षपछि पक्राउ

    २ वर्ष पहिले

    असोज-३, सवारी ज्यान मुद्धाका फरार व्यक्ति १९ वर्षपछि पक्राउ परेका छन् । सवारी दुर्घटना गराई भागेका धादिङ जिल्लाको साविक बेनिघाट गा.वि.स.-२ हाल कायम बेनिघाट रोराङं गा.पा.-३ वस्ने ४५ वर्षिय चालक तारा बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

    २०६२ साल असोज २५ गते तनहुँ जिल्ला साविक आँबुखैरेनी गा.वि.स. -३ हाल कायम आँबुखैरेनी गा.पा.- २ मार्कीचोक स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा ग १ ख ७८६ नं. को यात्रुबाहक बसले ग २ प २४७९ नं. मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक तथा पछाडी सवार दुवै जनाको मृत्यु भएको थियो।

    सवारी ज्यान सम्बन्धी मुद्धामा वारदात पश्चात फरार रहेका बस चालक शाहीलाई १९ वर्षपछि पक्राउ गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँले जनाएको छ।