× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • प्रदेश ५

    दैलेखमा कर्णाली नदीको झोलुङ्गे पुलमा फसेकाे खच्चडकाे उद्धार सफल

    २ महिना पहिले

    दैलेखमा कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चर फसेका छन् । दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा १४ वटा खच्चर फसेका हुन् ।

    कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि उद्धार गरिएको छ। जीर्ण भइसकेको झोलुंगे पुलको जालीमा खुट्टा अड्किएर खच्चड फसेका थिए। ८ वटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाएर उद्धार गरिएको हो भने तीन वटालाई बगरमा खस्ने जोखिम भएपछि डोरीले तानेर उद्धार गरिएको हो। नदीमा खसालिएका ८ वटा खच्चडलाई डुंगाको सहायताले किनारमा लगिएको थियो। पुलमा फसेका दुइटा खच्चडलाई भने बचाउन सकिएन।

    एउटा खच्चड पुलमै र अर्कोलाई जाली काटेर नदीमा खसाएपछि मरेको आठबीस नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज शर्माले बताए। पुलमा फसेका खच्चडको उद्धार गर्न अछाम र दैलेखबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

    सुरक्षाकर्मीले स्थानीय बासिन्दाको समेत सहयोगमा खच्चड पुलमा फसेको करिब दुई घन्टापछि मात्रै उद्धार सुरू गरेका थिए। खच्चडहरू आइतबार बिहान करिब ९ बजे पुलमा अड्किएका थिए। ती खच्चडहरूको दिउँसो साढे दुई बजे उद्धार सकिएको सुरक्षाकर्मीहरूले जनाएका छन्। पुलमा फसेका खच्चडहरू फरक-फरक व्यापारीका हुन्।

    पुलबाट उद्धार गरिएका ११ खच्चडमध्ये एउटाको अवस्था भने गम्भीर छ। बाँकी १० वटा खच्चडले घाँस खाइरहेको छ। 

    अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठविस नगरपालिकाका पशु विकास शाखामा कार्यरत टोली खच्चडको अवस्था जाँच्न पुगेका छन्।

    आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चर फसेको आठबीस नगरपालिका–४ का वडाध्यक्ष टेकबहादुर माझीले जानकारी दिए ।

    अहिले पुलको हिँड्ने भाग एकातर्फ झुकेको छ । उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेको स्थानीय दीलबहादुर थापाले बताए । दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहालका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ ।