× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    संघीय सरकार र बालेनबीच जुँगाको लडाइँ, न्यूरोडमा तनाव

    २ महिना पहिले

    काठमाडौं- न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयले तनाव बढाएको छ ।

    गत शनिबार न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिरटसम्म काटेर फुटपाथ बढाउन थालिएपछि सुरु भएको विवादले दुईवटा वडा बीच द्वन्द्वको अवस्था ल्याएको छ । महानगरले काटेको तीन लेनको उक्त सडक सोमबार सडक डिभिजन कार्यालयले प्राविधिक र कर्मचारी लगाएर पुरेको छ ।

    फुटपाथ फराकिलो बनाएरै छाड्ने बालेनको अडान र बिना प्राविधिक जाँच काटिएको भन्दै रोक्ने सडक डिभिजन कार्यालयको निर्णय बीच दुईवटा वडा बीच द्वन्द्वको अवस्था सिर्जना भएको हो । यो सडक क्षेत्र काठमाडौंका वडा नम्बर २० र २२ भित्र समेटिन्छ । सोमबार सडक विभागले काटिएको सडक कालोपत्रे गरेर पुर्ने क्रममा दुईवटा वडाका बासिन्दा विभाजित भएका छन् । वडा नम्बर २२ का बासिन्दा महानगरले काटेको उक्त सडक तत्काल पुर्नुपर्ने पक्षमा देखिएका छन् । उता वडा नम्बर २४ का बासिन्दा भने उक्त सडक तत्काल नपुर्ने पक्षमा देखिएका हुन् ।

    यी दुई वडाबासीको विवादले न्यूरोड क्षेत्रमा भिडन्तको अवस्था ल्याएको हो । दुईवटा वडाका बासिन्दाबीच हात हालाहालको अवस्था आएपछि काठमाडौं महानगरीय प्रहरीले हस्तक्षेप गर्नुपरेको छ । महानगर प्रहरी प्रमुख राजु पाण्डे सहितको टोलीले दुईवटा वडाका बासिन्दाको विवादमा हस्तक्षेप गरेर अवस्थालाई शान्त बनाउने कोसिस गरिरहेका छन् । यसअघि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनसँग भनाभनमा उत्रिएका थिए ।

    सोमबार मात्रै साहले न्यूरोडमा फुटपाथ फराकिलो बनाउन अवरोध गरेको कुरालाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लाञ्छना लगाएका छन् ।

    यसअघि सडक विभागले सडक काट्ने काममा हस्तक्षेप गरेर सामान पनि खोसेको थियो । त्यसपछि आक्रोशित मेयर साहको निर्देशनमा सडक विभाग र डिभिजन कार्यालय काठमाडौंमा धुलो पोखिएको थियो ।

    त्यसपछि मेयर साहको उक्त कदम अनुचित भएको भन्दै न्यूरोडबासीले सोमबार प्रदर्शन गरेका थिए । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ मानव साङ्लो बनाएर कालो ब्यानर सित महानगर विरुद्ध प्रदर्शन गरे ।

    सडक विभागले मापदण्ड विपरीत काटिएको उक्त सडक तीन दिनभित्र पुर्न काठमाडौं महानगरपालिकालाई भनेको थियो । तर मेयर साहले अडान नछाडेपछि सडक विभागले सोमबार उक्त सडकमा कालोपत्रे हालेको हो ।

    Source: Khabarhub