× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित(सुची सहित)

    २ महिना पहिले

    जेठ-१६, एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) चितवनको ११औँ जिल्ला अधिवेशन बुधबार बिहान सम्पन्न मतगणनाबाट ६ सय ६ मत प्राप्त गर्दै पाठक अध्यक्ष निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी घनश्याम कँडेलले ९३ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा श्याम कुमार बिष्ट ४०४ मत प्राप्त गर्दै बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मत प्राप्त गर्नुभयो । सचिवमा प्रकाश ढुङ्गाना ४६६ मत प्राप्त गर्दै बिजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी पदमपाणी सुवेदीले २२१ मत प्राप्त गर्नुभयो ।

    यस्तै उपसचिव (खुल्ला) मा २४० मत प्राप्त गर्दै मिन बहादुर परियार बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी केशव आचार्यले २०६ मत,टिकाराज रिजालले १५० मत र गोपाल परियारले ७९ मत प्राप्त गर्नुभयो । उपसचिव (महिला) तर्फ ज्वाला पुरी वनले ३६६ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी जानकी शर्माले ३१० मत प्राप्त गर्नुभयो ।

    यस्तै, पालिका भौगोलिक क्षेत्र तर्फ इच्छाकामना गाउँपालिकाबाट खुल्ला तर्फ दानबहादुर गुरुङ, रुद्र उप्रेती,महिला कोटाबाट जुना राजभण्डारी , इच्छा त्रिपाठी ,युवाबाट आशिष गुरुङ निर्विरोध हुनुका साथै जिल्ला खुल्ला अल्पसंख्यक तर्फ पन्च बहादुर चेपाङ र लेखा कमिटीको उपाध्यक्षमा कुमार श्रेष्ठ अत्याधिक बहुमतले विजयी भएका छन्।