× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    एकदिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

    ६ महिना पहिले

    माघ २६, चितवन
    गणपति लघुवित्त वित्तिय संस्था लिमिटेड मुग्लिन शाखाले एक दिने व्यसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ । गणपति लघुवित्त मुग्लिन शाखामा आबद्ध सदस्यहरुका लागि १ दिने व्यवसायिक तरकारी खेती तालिम शुक्रबार मुग्लिन होटल व्यवसायी संघको हलमा सम्पन्न गरेको हो । संस्थामा आबद्ध रहेका तरकारी खेती तथा पशुपालनमा संलग्न तथा व्यवसायिक कृषि गर्न ईच्छुक समुह सदस्यहरुलाई स्थानिय क्षेत्रमा नै व्यवसायिक कृषि पेशातर्फ उत्प्रेरित गरी सदस्यहरुको आम्दानीमा बृद्धि गर्ने हेतुले उक्त क्षमता अभिबृद्धि सम्बन्धी तालिम संचालन गरिएको संस्थाका मुग्लिन शाखा प्रमुख संगम पोख्रेलले बताए ।


    संस्थाको मुग्लिन शाखा अन्तर्गतका मुग्लिन, लेवाटा, लामिडाँडा, कुरिनभित्ता, हार्तिबाङ्ग, थाप्राङ्ग, घ्याल्चोक, रैबुङ्ग, चण्डिभ्ज्याङ्ग, स्याक्लाङ्ग, नयाँबस्तीका करिब २२ जना समुह सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा हालको आधुनिक तरकारी खेती प्रणाली तथा भइरहेका अभ्यासहरु, व्यवसायिक कृषि सम्बन्धी जानकारी, गुणस्तरीय उत्पादन तथा बजारीकरण, व्यवसाय गर्दाको लागत विष्लेषण, उद्यमशीलता, व्यवसायको सुरक्षण कसरी गर्ने साथै, संस्थामा आबद्ध हुँदा पाइने सुबिधा लगाएतको विषयमा अन्तक्रियात्मक ढङ्गले कार्यक्रम प्रस्तुत गरिएको थियो ।


    उक्त तालिम कार्यक्रममा केन्द्रिय कार्यालयका जोखिम व्यवस्थापन तथा कर्जा असुली विभागका प्रमुख टेक बहादुर रोकाएले संस्था तथा संस्थाका सेवा सुविधाबारेमा प्रष्ट पारेका थिए भने इच्छाकामना गाउँपालिकाका पशु तथा कृषि प्राविधिक विकास खनाल र उमेश कुमार चौधरीले तालिममा कृषि तथा पशु व्यवसाय सम्बन्धी कक्षाहरुको सहजीकरण गरेका थिए ।
    कार्यक्रममा जोखिम व्यवस्थापन तथा कर्जा असुली विभागका प्रमुख टेक बहादुर रोकायंले सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारीक रुपमा आफ्नो कृषि पेशामा लागु गर्न सुझाव दिनुका साथै भविष्यमा समेत संस्थामा आवद्ध कृषक सदस्यहरुको आय–आर्जनमा टेवा पु¥याउने यस्ता खाले कार्यक्रमहरु संचालनमा ल्याउने समेत जानकारी गराएका थिए ।